Appreciative Training

July 12, 2013 News

रोटर्याक्ट क्लब अफ पोखरा फिस्तेलको प्रशंसनीय दृष्टिकोण तालिम
रोटर्याक्ट क्लब अफ पोखरा फिस्तेलकोे आयोजनामा प्रशंसनीय दृष्टिकोण तथा सकारात्मक सोच –ब्उउचभअष्बतष्खभ क्ष्लत्रगष्चथ) तालीम सम्पन्न भएको छ । सकारात्कम सोचको विकासले जीवन को लक्ष्य प्राप्ति गर्न सकिने र असल कार्यको प्रशंसा गर्न सके जीवन प्राप्तिको सार्थकता पूर्ण हुने लगाएका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमकम प्रमुख अतिथी प्रशिक्षण रामप्रसाद ज्ञवालीले सकारात्मक सोच र अरुको प्रशसांयोग्य कामको कदर गर्न सक्नुपर्ने र जतिसक्दो नकारात्मक घटना र सोचलाई आफूबाट टाढा राख्न सके मात्र जीवन सार्थक हुने कुरा उल्लेख गर्नुभएको थियो ।
रोटर्याक्ट क्लब अफ पोखरा फिस्तेलका अध्यक्ष रोटर्याक्ट सृजना भुर्तेलको सभापतिच्वमा सम्पन्न भएको उक्त कार्यक्रम गुष्टो रेष्टुरेन्ट लेकसाइमा संचालन भएको थियो । कार्यक्रमको संयोजक रोटर्याक्ट अमृता पौडेल र रोटर्याक्ट जेसिका तामाङ्गका अनुसार उक्त कार्यक्रमले आफ्नो जीवनमा ठूलो ज्ञान प्राप्त भएको कुरा उल्लेख गर्नुभयो । हामीmले फोहोर भित्र मोहोर खोज्न सिक्नुपर्छ, गाली भित्र अर्ती खोज्न सक्नुपर्छ र प्रशंसनीय दृष्टिकोण भन्ने कुरा प्रत्येक व्यक्ति देखि लिएर ठूला ठूला संस्थाहरुको विकासको एक अनिवार्य तत्व हो भन्ने कुरा प्रकाश पारिएको थियो । कार्यक्रमा जोन ूफोरू का जेड आर आर र जेड एस को उपस्थिती रहेको थियो । रोटर्याक्ट क्लब अफ पोखरा फिस्तेलका सदस्दयहरु लगाएत अन्य सरोकारवाला हरुको उक्त कार्यक्रममा जोनकव जेड आर आर ले यस्ता कार्यक्रमहरु हामी युवा पिडीका लागि आवश्यक हुने र हाम्रो जीवनमा उल्लेख्य परिवर्तन ल्याउन सक्ने बताउनुभएको थियो ।